कर नतिर्नेलाई मौकै मौका

कर नतिर्नेलाई मौकै मौका

भोलि चैत मसान्त अर्थात् चालु आर्थिक वर्षको तेस्रो त्रयमासको अन्तिम दिन । त्रयमासको आधारमा चुक्ता गर्नुपर्ने कर बुझाउनुपर्ने अन्तिम दिन समेत हो । त्यसैले कर कार्यालय,नेपाल राष्ट्र बैंक र अन्य सबै बैंकले भोलि अबेरसम्म कर रकम बुझ्ने व्यवस्था मिलाइएको सूचना जारी गरेका छन् ।

तर, यहि मेसोमा आन्तरिक राजश्व विभागको ठूला करदाता कार्यालय,हरिहरभवन, ललितपुरले निकालेको सूचनामा सिनर्जी नेपाल प्रा.लि.ले १० वर्ष अघिदेखि आय विवरण झूठो पेश गरेर थोरै कर बुझाएको उल्लेख छ । स्थायी लेखा नम्बर (प्यान नम्बर) ३०२२७२६७७ भएको उक्त संस्थाले पटक पटक आफ्नो ठेगाना परिवर्तन भएको देखाउँदै कर छली गर्दै आएको कार्यालयले उल्लेख गरेको छ ।

पहिले ललितपुरको कोपुण्डोलमा रहेको भनिएको सिनर्जीको कार्यालय नक्साल,भाटभटेनीमा सरेको बताइए पनि फेला नपरेपछि सरकारी कार्यालयले लेखेको पत्र २०७४ भदौ १९ गते कम्पनीले फिर्ता पठाइदिएको थियो । त्यसपछि भदौ २२ गते बल्लतल्ल कम्पनीका प्रतिनिधि फुर्वा दोर्जे लामा हस्ते बुझाइएको बताइन्छ । साथै इमेलबाट समेत बक्यौता कर तिर्न ताकेता गरिएको पत्र पठाइएको थियो ।

तर,१० वर्षअघिको कर हालसम्म पनि नतिरेपछि कार्यालयले प्रकाशित गरेको सूचनामा कम्पनीलाई १५ दिनभित्र कर चुक्ता गर्न अन्तिम म्याद दिएको छ । सबैभन्दा रोचक पक्षचाँहि कम्पनीले आयकर नतिरे पनि दशकदेखि आफ्नो व्यवसाय निर्वाध सञ्चालन गरिरहेको बुझिएको छ ।

टिप्पणीहरू