सुकुम्बासीहरु फेरि सल्बलाए

सुकुम्बासीहरु फेरि सल्बलाए

सरकार सुकुम्बासीको व्यवस्थापन नगरी उल्टै उनीहरूप्रति निर्मम र कठोर भएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जनाएको छ ।

सरकारले विना विकल्प आफूहरूको उठिबास लगाएको हुँदा आफ्नो दायित्व र जिम्मेवारीबारे छलफल गर्न नेपाल सुकुम्बासी व्यवस्थापन संघको केन्द्रीय कार्यालयमा मोर्चाले आज छलफलको आयोजना गर्न लागेको हो ।

ललितपुरको बालकुमारीस्थित संघको केन्द्रीय कार्यालयमा बोलाइएको छलफलमा सरकारले सुकुम्बासी बस्तिमा लगत लिनुको सट्टा उल्टै निर्मम तरिकाले उठिबास लगाउने प्रपञ्च रचेको विषयमा छलफल हुन लागेको मोर्चाका महासचिव दिपकजंग कुँवरले बताएका छन् ।

कुँवरले सुकुम्बासी समुदायमा काम गर्ने सबै संघ–संगठनलगायत सम्बन्धित सबैलाई छलफलका लागि बोलाइएको जानकारी दिए ।

टिप्पणीहरू