सावधान,कोरोना संक्रमण झन बढ्यो

सावधान,कोरोना संक्रमण झन बढ्यो

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले यससम्बन्धी जानकारी दिएको हो ।

नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा तीन हजार १२५ नमूना पीसीआर परीक्षण र ६९० जनाको एन्टीजेन परीक्षण गरिएको बताए । जसमध्ये पीसीआर विधिबाट ३०३ र एन्टीजेनबाट ६४ जना गरी ३६७ जनामा संक्रमण देखिएको उनले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १५४ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौँमा १२८,भक्तपुरमा ११ र ललितपुरमा १५ जना संक्रमित फेला परेका हुन् ।

त्यस्तै,आज १४१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म संस्थागत आइसोलेसनमा ३९४ र होम आइसोलेसनमा २ हजार ५६७ छन् । सक्रिय संक्रमितको संख्या २ हजार ९६१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

टिप्पणीहरू