शिवपुरीको आगो दमकलले निभाउन सकेन

शिवपुरीको आगो दमकलले निभाउन सकेन

शिवपुरी राष्ट्रिय निकुञ्जमा लागेको भिषण डढेलो नियन्त्रणमा आउन सकेको छैन । बिहान करिब १० बजेको समयबाट शुरु भएको डढेलो नियन्त्रण गर्न विभिन्न प्रयास भइरहेको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल र त्यस क्षेत्रका डिएसपी रोशन खड्काले जनआस्थासँगको टेलिफोन संवादमा बताउनुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको–१ को तैलुङ भन्ने स्थानबाट लागेको आगो नियन्त्रणनिम्ति काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको दुईवटा दमकल प्रयोग गरिए पनि आगो नियन्त्रणमा आउन नसकेपछि सिम्रिक एयरलायन्सको हेलिकप्टरबाट पानी हाल्ने तयारी भइरहेको नगर प्रमुख खरेलले बताउनुभयो ।

सडक र बस्तीको वीचमा लागेको आगो केही हदसम्म सानो भएतापनि बेलुकासम्म नियन्त्रणमा नआए बस्तीमा पस्ने सम्भावना उच्च रहेको नगर प्रमुखको भनाई छ ।

डढेलो लागेको ठाँउमा मानवीय क्षति नभए पनि केही प्राणीको ज्यान गएको खरेलले बताउनुभयो ।

टिप्पणीहरू