भरतपुर र काभ्रेकाे दुर्घटनामा मृत्यु

भरतपुर र काभ्रेकाे दुर्घटनामा मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ९ बजे भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको न.१ ज ६८५९ नम्बरको म्याजिक भ्यान अनियन्त्रित भई पल्टिंदा सात जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कास्कीका ४५ बर्षीय सूर्य खाती र भरतपुरका ५० बर्षीय राजेन्द्र दमाई रहेका छन् । खातीको घटनास्थलमै मृत्यु भएको र दमाईको मृत्यु अस्पतालमा भएको प्रहरीले बताएको छ ।

तीन जना गम्भिर घाइते र बाँकीको अवस्था सामान्य रहेको, उनीहरुलाई उपचारका लागि चितवन नयाँ मेडिकल र पुरानो मेडिकल कलेज अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

उता,
काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको ना ५ त ६०८७ नम्बरको निर्माण समाग्री बोकेको ट्रयाक्टर दुर्घटना हुँदा सिन्धुलीका अन्दाजी १७ वर्षीय झलकमान बिकको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट करिब २० मीटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि बनेपा अस्पतालमा राखिएको र ट्रयाक्टर चालक २४ वर्षीय बिमान बिक नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ ।

टिप्पणीहरू