माधव नेपालको जिल्लामा समानान्तर भेला

माधव नेपालको जिल्लामा समानान्तर भेला

रौतहटको चन्द्रपुरमा नेकपा एमालेले आज जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । चन्द्रपुर नगरपालिकामा आयोजित भेलालाई प्रमुख अतिथि वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्नुभएको थियो । भेलामा विद्यमान जिल्ला कमिटीका ७३ जना सदस्य,२ नम्बर प्रदेश कमिटीका सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारीलगायत झण्डै आठ सय जना नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

भेलालाई एमाले उपमहासचिव घनश्याम भुसाल,नेताहरू नागेन्द्र चौधरी,रामचन्द्र साह,सरला यादव तथा रामकुमार भट्टराईले सम्बोधन गर्नुभएको थियो ।

टिप्पणीहरू