चढेको नक्कली कागज हेर्ने हो ?

चढेको नक्कली कागज हेर्ने हो ?

नेपालका हिमाल आरोहण नगरी र आरोहणबापत राजश्व र अन्य दस्तुर नबुझाई प्रमाणपत्र लिने विदेशीको संख्या दिनानुदिन बढ्दो छ । चिनियाँ नागरिक गाओ ली त एक उदाहरण मात्र हुन् । उनले सन् २०१६ सेप्टेम्बर ३० मा मनास्लु हिमाल आरोहण गरेको प्रमाणपत्र लिएका छन् । उनलाई दिइएको प्रमाणपत्र सक्कली हो र पर्यटन विभागले नै जारी गरेको हो । तर, उनी अनुमतिपत्र लिने प्रक्रियामै सामेल छैनन् । एकपटकमा १५ जनासम्मको टोलीले एउटा हिमाल आरोहणको अनुमति लिन सक्छन् । तर, जुन समूहमा लीले मनास्लु हिमाल आरोहण गरेको भनी पर्यटन विभागले अनुमति दिएको छ सो समूहमा उनको नाम छैन ।

चिनियाँ नागरिक लीले विश्वप्रसिद्ध ८ हजार मिटरभन्दा माथिको हिमाल सफल आरोहण गरेवापत चीन सरकारको तर्फबाट पाउने मासिक आर्थिक सुविधा पनि लिइरहेका छन् । यसैगरी दुईजना भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले पनि विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको प्रमाणपत्र पर्यटन विभागबाट लिएका थिए । सन् २०१६ मा उनीहरूले सफल आरोहण गरेको टोली नेता नवकुमार फुकोटले प्रमाणित गरेका छन् । तर, दुवै जना बीचबाटै फर्किएको छानबिनबाट प्रमाणित भइसकेको छ । उनीहरूको टोलीले सफल आरोहण गरे/नगरेको जाँच्न खटिएका पर्यटन विभागका सम्पर्क अधिकृत पवनकुमार घिमिरेले पनि सफल आरोहण गरेको प्रतिवेदन पेश गरेका थिए ।

विदेशी मुद्राको प्रमुख स्रोत नेपालको पर्यटन क्षेत्रलाई यस्तै फर्जी काम गरी विश्वभर बदनाम गराउने कार्यमा सेभेन समिट ट्रेक्स प्रा लि को संलग्नता रहेको छ । आरोहण नै नगरी प्रमाणपत्र दिइएका विदेशीको संख्या हजारभन्दा बढी हुन सक्ने विभागकै एक कर्मचारी बताउँछन् । ४ वर्षअघि नेपाल सरकारको अधिकृत रहेका र सगरमाथा आरोहीबारे प्रतिवेदन पेश गर्न खटाइएका पवन ४ वर्षपछि पत्ता नलागेको प्रतिवेदन बुझाइनुले पनि सरकार र सरकारी कर्मचारी केही हजार वा लाखमा कसरी बिक्छन् र राष्ट्रको बदनाम गरिरहेछन् बुझ्न पर्याप्त हुन्छ ।

 

 

टिप्पणीहरू