नुवाकोटका ठेकेदार काठमाडौंमा पक्राउ

नुवाकोटका ठेकेदार काठमाडौंमा पक्राउ

निर्माण सेवा र ठेक्कापट्टामा धम्काएको तथा गुण्डागर्दी गरेको आरोपमा नुवाकोटमा निर्माण सेवा कम्पनी सञ्चालन गर्दै आएका एकजनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाण्डौका विभिन्न स्थानमा गुण्डागर्दी र आपराधिक कार्यमा संलग्न लिखु गाउँपालिका ३ घर भई काठमाडौं मनमैजु बस्ने वर्ष ३७ का टिकाराम पुलामी मगरलाई प्रहरीले हिजो पक्रेको हो ।

सीताराम पुलामी मगरसमेत भनिने निजले फरक फरक नाम बताउँदै गुण्डागर्दी गरेको गुनासो बढेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

मनमैजुमा बर्गर हाउससमेत सञ्चालन गरेका मगरविरुद्ध काठमाण्डौं र नुवाकोटमा विभिन्न आरोपमा ६ वटा मुद्दा दर्ता छ ।

त्यसमध्ये दुबै जिल्लामा एक एकवटा मुद्दामाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन् ।

टिप्पणीहरू