आज झन बढ्यो कोरोना संक्रमण

आज झन बढ्यो कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार उक्त संख्यामा संक्रमित थपिएको जनाएको हो ।

चार हजार ७१ जनाको पीसीआर परिक्षण भएकोमा २ सय ८८ जनामा संक्रमण देखिएको मन्त्रालयले प्रकाशन गरेको सिटरिपमा उल्लेख छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ जना पुगेको छ ।

हालसम्म २ लाख ७३ हजार ७ सय ३५ जना निको भएका छन् । अहिले देशभर दुई हजार ६ सय १५ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । कोरोना संक्रमणका कारण तीन हजार ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

टिप्पणीहरू