पन्ध्र सय गन्न बाँकी हुँदा विपुललाई अठार सयको अग्रता

पन्ध्र सय गन्न बाँकी हुँदा विपुललाई अठार सयको अग्रता

नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अधिकांश जिल्ला र प्रदेशको परिणाम आइसकेको छ भने केन्द्रको आज साँझसम्ममा आइसक्ने बताइएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा अध्यक्षमा विपुल पोखरेल नेतृत्वको प्रगतिशील-लोकतान्त्रिक गठवन्धनले अग्रता बढाएको छ । पछिल्लो परिणामअनुसार अध्यक्षमा पोखरेलले ४२ सय भन्दा बढी मत ल्याएका छन् । प्रधानमन्त्री ओलीपक्षीय चौतारी नेतृत्वको संयुक्त गठवन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार निर्मला शर्मालाई २४ सय मत प्राप्त भएको छ ।

अहिले काठमाडौँ शाखा र एशोसियटतर्फको करिब १५०० मतगणना भैरहेको छ । काठमाडौँ शाखाको १२ सय मतमध्ये २०० गणना भैसकेको छ । एशोसिएट तर्फको ७०० मतमा अब ५०० गणना हुन बाँकी छ । काठमाडौँको चार ठाउँमा मतगणना भैरहेकाले साँझसम्ममा अन्तिम परिणाम आउने बताइएको छ ।

अधिकांश जिल्ला र सबै प्रदेशमा गठवन्धनले प्यानल नै जितेको छ । सरकारपक्षीय प्रेस चौतारी नेतृत्वको संयुक्त गठवन्धनले तीन जिल्लामा अध्यक्ष जितेको बताइएको छ । सबै प्रदेशमा पराजय व्यहोरेको यो गठवन्धनले केन्द्रमा पनि प्यानलै हार्ने लगभग निश्चित भएको हो ।

वामपन्थीहरु विभाजित हुँदा यसपटक कांग्रेसनिकट प्रेस युनियनले फाइदा उठाएको छ । यूनियनले ४० भन्दा बढी जिल्लामा नेतृत्व हात पारेको छ । माओवादी केन्द्र निकट प्रेस संगठन र माधव नेपालपक्षीय प्रेस चौतारीले करिव २४ जिल्लामा अध्यक्ष जितेको बताइएको छ । कतिपय जिल्लामा अध्यक्षबाहेकका पदमा मिश्रित नतिजा आएको छ ।

टिप्पणीहरू