लौ सुन्नुसु, दुर्गमकी हिराको रामकहानी

लौ सुन्नुसु, दुर्गमकी हिराको रामकहानी

फ्लोरेन्स नाइटिंगेलको पदचाप पछ्याइरहेकी रसुवाली चेली हुन् प्रमिला लामा । बत्तीमुनिको अँध्यारोको नियति भोगेर बाँचिरहेको र हाँसिरहेको रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेंसीमा २७ वर्षअघि बुबा कर्नेल तामाङ र आमा छोवाङ ग्याल्मुको कोखबाट जन्मिइन् उनी ।

रसुवाको राजनीतिमा परिचित नाम हो कर्नेल लामा । प्रतिमाअघि दुई दिदी र पछि दुई भाइ छन् । त्यो समय नै यस्तो कि लगातार तीन जना छोरी नै छोरी जन्मेपछि गाउँघरमा सबैले कुरा काट्ने । बुबा सदैव राजनीतिमा व्यस्त । भन्छन् नि मान्छेले पढेरभन्दा परेर सिकेको कुरा दिगो र स्थायी हुन्छ । भन्छन् नि, सबसे बडा हे रोग, क्या कहंगे लोक । समाजको चरित्र नै हो अरुको कुरा काट्ने । आमाले अरुको कुरा सुन्नुभएन । सुन्नुभयो त आफ्नै मनको आवाज ।

पढाइका क्रममा जिन्दगी हस्पिटलको शैयामा पुग्यो । बाँच्ने र मर्ने स्थितिमा पुग्यो । सायद बुबाले समयमै उपचार नगरिदिनुभएको भए आज यो संसारमा पनि हुने थिइनन् होला ।

अरुका अघि, छोराहरूलाई इष्र्या लाग्नेगरी तिमीहरूले केही गरेर देखाओ भन्नुहुन्थ्यो बारम्बार आमा । प्रारम्भिक शिक्षा गाउँमै भयो । लामा वा तामाङकै छोरी भए पनि पढाइमा सदैव अब्बल । कक्षामा कहिल्यै दोस्रो भइएन । दुई दिदीहरू काठमाडौंमै बसेर पढिरहेका थिए त्यही कारण उनी पनि सहर झरेर भर्ना भइन् बोर्डिड स्कुलमा । सात कक्षा उत्तीर्ण भएर पनि सोही कक्षामा दोहोरिएर पढ्नुपर्ने भयो । एकैपटक तीन विषय लाग्यो । सम्झाउनुभयो दिदीहरूले, हिम्मत हारिनन् । मिहिनेतलाई दोब्बर पार्दै लगिन् । फलामे ढोका मानिने एसएलसी उत्तीर्ण गरिन् ।

राम्रो नम्बर ल्याएर उत्तीर्ण भएपछि साइन्स पढ्ने कुरा भयो । त्यो पनि मिहिनेत गर्नाले पार लाग्यो । ब्याचलर तह बिएस्सी नर्सिङ सकिन् । माहिली दिदी नर्स हुनुहुन्थ्यो । उहाँको सेतो ड्रेस र अरूलाई सेवा गरिरहेको देख्दा यसरी नै सेवा गर्छु तर विदेश जान्छु भन्ने धारणा थियो । पढाइ सकेसँगै स्वयम्भूस्थित मनमोहन हस्पिटलमा पनि काम गरिन् । सपना सधैँ विदेश जान्छु भन्ने थियो तर पढाइका क्रममा जिन्दगी हस्पिटलको शैयामा पुग्यो । बाँच्ने र मर्ने स्थितिमा पुग्यो । सायद बुबाले समयमै उपचार नगरिदिनुभएको भए आज यो संसारमा पनि हुने थिइनन् होला । त्यसपछि अठोट नै रह्यो अब विदेश होइन आफ्नै देशमा, यही माटोमा केही गर्ने । पढाइ पनि पूरा भयो । मनमोहन हस्पिटलमा केही समय काम गरेर लागिन् आफ्नै जिल्ला, आफ्नै जन्मभूमितिर । जिल्लाको केरुङ नाकामा हेल्प डेक्समा काम गरिन् । यस्तो ठाउँ जहाँबाट ढुंगा झ¥यो भने पनि लास उठाउनै सकिँदैन । आफ्नो जन्मथलो जस्तो भए पनि प्यारो हुँदो रहेछ । त्यहाँ न एनजिओ पुग्थ्यो, न सरकार !

अब हरेक स्कुलमा जागरण कार्यक्रम राख्न थालिन् । गोसाइँकुण्ड गाउँपालिका–५ स्थित श्यामेवाङफेल माविमा कार्यरत भई, गोसाइँकुण्ड गाउँपालिका–५ स्थित पुरानो स्याफ्रुबेसीका सम्पूर्ण नागरिकलाई राहत वितरण गरिन् । राहतमा खाद्य सामग्री प्रतिव्यक्ति एक बोरा चामल, दाल, तेल र नुन साथै मास्क थिए । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिन् ।

विद्यार्थीलाई विद्यालय प्रांगणमा स्वस्थ हाइजेनिक शिक्षा प्रदान गर्नुका साथै कक्षा ६, ७ र ८ का छात्रालाई महिनावारीसम्बन्धी प्रशिक्षण पनि दिइन् । ग्रे आधारभूत निमाविका ६५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्नुका साथै विद्यार्थीलाई स्वास्थ्य हाइजिनसम्बन्धी तालिम दिइन् । सामग्रीमा साना कक्षाकालाई कलम, कापी, डिटोल, साबुन, ब्रस, मञ्जन, नेलकटर, पेन्सिल, इरेजर, कटर छन् भने ठूला कक्षाका छात्रालाई सेनिटरी प्याट र अन्डरवेयर ।
नौकुण्ड गाउँपालिका–१ श्री सिम्वनदी प्राथमिक विद्यालयमा मास्कसहित शैक्षिक सामग्री वितरण गरिन् । ग्रामीण विपन्न विद्यार्थीको पठनपाठन र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन शैक्षिकलगायत सामग्री ३५ विद्यार्थीलाई वितरण गरिन् । बेला बेलामा स्वास्थ्य शिविर सञ्चालन र राहत मास्क वितरण गरिन् । ती सामग्री आफ्नै मिहिनेत र पैसाका थिए ।

रहर त कसलाई पो हुन्न र विदेश गएर धेरै धन कमाउने, गाडी किन्ने, काठमाडौंमा घर बनाउने । विदेश नै नगए पनि राजधानीमै बसेर पैसा कमाउने । यी सबै कुरालाई लात हानेर आफ्नै जन्मथलोलाई कर्मथलो बनाइन् तर यसरी काम गर्दा कत्तिले धेरै अर्थ लगाउने रहेछन् । विशेष गरी राजनीति गर्नेहरूले । बुबा राजनीति गर्ने भएकाले समाजसेवाको ढोङ पिटेको भन्नेहरू पनि भेटिए । यस्तो सुन्दा मन खिन्न हुन्छ । जसरी समाजसेवामा फ्लोरेन्स लागिन् र आफ्नो ठाउँको नाम उनैको नामले चिनाइन् । उसैगरी उनी पनि आफ्नो दुर्गम जिल्लालाई पहिचान दिलाउन चाहन्छिन् ।

– अञ्जु आचार्य

टिप्पणीहरू