देउवा निवास नपुग्दै जसपा नेता गायब

देउवा निवास नपुग्दै जसपा नेता गायब

नेपाली काँग्रेसले बोलाएको तीन दलीय बैठकमा सहभागी हुन बुढानीलकण्ठतर्फ लागेका जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू बीच बाटोमै रोकिएर गोप्य तवरले आपसी छलफलमा जुटेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नेताहरूको एउटै धारणा बनाउन उनीहरू छलफलमा जुटेको बताइएको छ । तीन दलीय छलफलमा हिँडेका अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई देउवा निवास नजिकैको गोप्य ठाउँमा छलफलमा बसेको बताइएको छ ।

भावी सत्ता समीकरणको निम्ति निर्णायक बनेको जसपाले अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन । नयाँ सरकार गठनमा एमालेलाई साथ दिने की काँग्रेस–माओवादीतिर लाग्ने भन्नेमा प्रष्ट निर्णय गर्न नसकेको जसपा यसैलाई लिएर आन्तरिक किचलोमा फसेको छ ।

टिप्पणीहरू