कोरोनाको मारमा फेरि विद्यालयहरु

कोरोनाको मारमा फेरि विद्यालयहरु

कोरोना संक्रमण बढ्न थालेपछि विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले सिफारिस गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न यस्तो सिफारिस गएको हो ।

कोरोनाको दोस्रो लहर देखिन थालेको भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने,२५ जना भन्दाबढी उपस्थित हुन नदिने,भीडभाड बढि हुने स्थानमा सुरक्षा सतर्कता अपनाउन तथा प्रतिबन्ध लगाउन सिफारिस गरेको हो ।

चलचित्र घर,सपिङ मल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायतका क्षेत्र बन्द गर्न सिफारिस गरिएको छ ।

बिहीबार मात्र ५७ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको जनाउँदै मन्त्रालयले विद्यालय बन्द गर्ने बिषयमा छलफलका लागि सिफारिस गरिएको जनाएको छ । त्यस्तै,अत्याधिक भीडभाड हुने स्थानहरु चलचित्र घर,सपिङ मल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायतका क्षेत्र बन्द गर्न सिफारिस गरिएको छ ।

मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन पनि सिफारिस गरेको छ । यसबारे आजै बस्ने कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)कोे बैठकले निर्णय गर्न सक्ने बताईएको छ ।

स्वास्थ्य तथा जनसंदख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गाैतम : भिडियाे

टिप्पणीहरू