विद्यालय बन्द,भिटामिन ए कार्यक्रम नरोकिने

विद्यालय बन्द,भिटामिन ए कार्यक्रम नरोकिने

कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै शिक्षण संस्था बन्दको सिफारिस गरेको सरकारले भिटामिन ए कार्यक्रम भने नरोक्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्ति एक सूचना जारी गर्दै दोश्रो चरणको भिटामिन ए कार्यक्रम नरोकिने जानकारी दिएको हो ।

कोरोनाको जोखिम कायम रहेकै अवस्थामा जनस्वास्थ्य मापदण्ड पालन गरी स्थानीय तह र सातै प्रदेशमा कार्यक्रम संचालन गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयले ६ देखि ५९ महिनाका बालबालिका वा उनका अविभावकलाई कोभिड–१९ को कुनै लक्षण देखिएमा भिटामिन ए को क्याप्सुल वितरण केन्द्रमा नदिन र सम्बन्धित बालबालिकालाई स्वास्थ्य संस्थाले नै राष्ट्रिय प्रोटोकलअनुसार भिटामिन ए क्याप्सुल,जुकाको औषधी खुवाउने र बालविटा वितरण गर्न महिला स्वयंमसेविकाहरुलाई अनुरोध गरेको छ ।

दोश्रो चरणको कार्यक्रम आगामी बैशाख ६ र ७ गते संचालन हुने मन्त्रालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू