काठमाडौँमा पनि बिपुल प्यानल अगाडि

काठमाडौँमा पनि बिपुल प्यानल अगाडि

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता बढाएको छ ।

हिजो सम्पन्न निर्वाचनको अहिले मतगणना भैरहेको छ । ताजा परिणामअनुसार प्रेस युनियन,प्रेस संगठन,प्रेस चौतारी (माधव नेपाल) लगायतको गठवन्धनको प्यानल नै अगाडि देखिएको छ ।

अहिलेसम्म ७०५ मतगणना हुँदा अध्यक्षमा प्रेस संगठनका सूर्य सुवेदीले ४१८ मत पाएका छन् भने प्रेस चौतारी (ओली पक्ष)का मोहन पन्तले २१४ मत ल्याएका छन् । काठमाडौँमा जम्मा १२ सय ३४ मत खसेको थियो । आज अबेरसम्ममा अन्तिम परिणाम आइसक्ने बताइएको छ ।

टिप्पणीहरू