२४ घण्टाबीच नेपालमा ३३२ जना कोरोना संक्रमित

२४ घण्टाबीच नेपालमा ३३२ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी प्रेस ब्रिफिङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आज ४६०० जनामा पि.सि.आर परिक्षण गरिएको थियो । जसमध्ये ३३२ जनामा संक्रमण पुस्टि भएको हो ।

आज काठमाण्डौ उपत्यकामा मात्र जम्मा ९९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाण्डौमा ८७, भक्तपुरमा ४ र ललितपुरमा ८ जना संक्रमित फेला परेका हुन् ।

संस्थागत आइसोलेसन र होम आइसोलेसनमा गरी आज २ हजार ४ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू