५० भोट गन्दा पोख्रेल अगाडि

५० भोट गन्दा पोख्रेल अगाडि

हिजो बुधबार पत्रकार महासंघको निर्वाचन सम्पन्न भयो । जिल्ला तथा प्रदेशको नतिजा धेरै ठाउँमा सार्वजनिक पनि भइसक्यो ।

चुनावी मत परिणामको प्रतिक्षामा रहेका विभिन्न मिडिया हाउससम्बध्द प्रतिष्ठानका पत्रकारहरुको भने मतगणना जारी छ । भर्खर ५० भोट मत गन्दा विपुल पोख्रेल अगाडि देखिएका छन् । ५० भोट गन्दा निर्मलालाई ६ मत परेको छ भने विपुलले ४० भोट पाएका छन् ।

त्यस्तै,बरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ३७ भोट पाउँदा उनका प्रतिद्वन्दी माधव नेपालले ४ भोट पाएका छन् । ३९ भोट पाएकी बाला अधिकारी (महिला उपाध्यक्ष ) दाना केसी भन्दा ३५ भोटले अगाडि छन् । केसीले ४ भोट ल्याइन् ।

उपाध्यक्षमा उदय जीएमले ३३ भोट पाउँदा अवधेश झाले ६ भोट पाएका छन् । महासचिवका उम्मेदवार रोशन पुरीले ४२,बालकृष्ण बस्नेतले ५ तथा सुवोध गौतमले २ भोट पाएका छन् । खुल्ला सचिवमा गोविन्द चौलागाईले २७,जन्मदेव जैसीले १५ तथा रामकृष्णले ५ भोट पाएका छन् । महिला सचिवमा सिर्जना अर्यालले ४० भोट पाउँदै गर्दा निमा काफ्लेले ४ भोट पाएकी छिन् ।

यस्तै,एसोशिएटतर्फ कान्तिपुर रेडियोका पवन आचार्य गोर्खापत्रका कार्टुनिस्ट केशवराज खनालभन्दा ३५ भोटले अगाडि छन् । केशवराजले २ भोट ल्याउँदै गर्दा पवनले ३७ भोट प्राप्त गरेका हुन् । कोषाध्यक्षमा सुर्खेतका कलेन्द्र सेजुवालले ३१ भोट प्राप्त गर्दा चितवनका कृष्ण गिरीले ४ भोट पाएका छन् ।

लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले ३६ भोट ल्याउँदा द्वारिकाप्रसाद काफ्लेले ४ तथा लक्ष्मण कार्कीले ६ भोट प्राप्त गरेका हुन् । बासुदेवले ४१ भोट प्राप्त गर्दा छविलालले २७,शिबराजले २३,रामकृष्णले ६, नारायण पंगेनीले १०, गोविन्द खड्काले ८ र निरज जोशीले २ भोट पाएका हुन् ।

टिप्पणीहरू