कोरोनाले पुरुषहरुलाई पीडा,अण्डकोष सखाप

कोरोनाले पुरुषहरुलाई पीडा,अण्डकोष सखाप

विश्वव्यापी महामारी कोरोना भाइरसले विश्वमा मानिसको ज्यान मात्रै लिएको छैन बाँचेकालाई समेत विभिन्न स्वास्थ्य हैरानीमा पार्ने भएको छ ।

इजरायलमा हालै गरिएको अनुसन्धानबाट कोभिड–१९ बाट थला परेर निको भएका पुरुषहरूको प्रजनन क्षमता स्वाट्टै घट्ने पुष्टि भएको छ ।

इजरायलको शेबा मेडिकल सेन्टरका डा. डान अडेरका अनुसार त्यस्ता रोगीहरूको शुक्रकिट उत्पादन ५० प्रतिशतसम्म घटेको पाइएको छ ।

अनुसन्धानमा कोरोना निको भएका १२ बिरामीको दुई महिनाको अवधिपछि प्रजनन क्षमता जाँच गरिएको थियो । डा. डानलाई उद्धृत गर्दै जेरुसेलम पोष्टमा लेखिएको छ ‘कोरोना भाइरसले विशेषगरी पुरुषको शुक्रकिट उत्पादन गर्ने कोषिकाहरूमध्ये सेर्टोली र लेडिगमा नराम्रोसँग क्षति पुर्याएको पाइयो ।’
कोरोनाले मूलतः फोक्सोमा सोझो असर पार्ने देखिएको छ । हालको अनुसन्धानबाट रोगीका रक्त कोषिकाहरूमा पनि गम्भीर असर पारेको प्रमाणित भएको छ । त्यहि क्रममा गरिएको इजरायलको अनुसन्धानबाट पछिल्लो तथ्य बाहिर आएको हो ।

अब ती बिरामीलाई ६ महिना र एक वर्षपछि पनि जाँच गरेर थप अनुसन्धान गरिने शेबा मेडिकल सेन्टरले जनाएको छ ।

टिप्पणीहरू