७० औँ जन्मदिन मनाउँदै च्याम्बर

७० औँ जन्मदिन मनाउँदै च्याम्बर

नेपाल च्याम्बर अफ कमर्सले आफ्नो ७० औँ वार्षिकोत्सब आज मनाउँदै छ । काठमाण्डौ महानगरपालिका १३ स्थित होटल सोल्टीमा कमर्सले वार्षिकोत्सब मनाउँदै गरेको हो ।

मध्यान्न करिब १२ः४० बजेको समयदेखि शुरू भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेर निस्कनुभएको छ ।
बन्द सत्र जारी रहेको कार्यक्रमको सभापतित्व नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले गर्नुभएको छ ।

कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट,च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल प्रहरीका आइजी सैलेश थापा,सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी,काठमाडौका प्रजिअ कालीप्रसाद पराजुली,कपिलवस्तु च्याम्बर अफ कमर्सका अध्यक्ष महादेव पोख्रेल,डोटी च्याम्बर अध्यक्ष खगेन्द्रबहादुर साउद, हरिवन अध्यक्ष कृष्णओम पोते, उध्योग ब्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीलगायतको उपस्थिति छ ।

टिप्पणीहरू