कर्णाली प्रदेशको अध्यक्षमा देवीराम देवकोटा विजयी

कर्णाली प्रदेशको अध्यक्षमा देवीराम देवकोटा विजयी

नेपाल पत्रकार महासंघको हिजो सम्पन्न निर्वाचनको मतगणना केही स्थानमा सम्पन्न भयो भने कतै कतै जारी छ । जसमध्ये कर्णाली प्रदेशका सबै १० वटै जिल्लाको मतगणना कार्य सकिएको छ ।

प्रदेश अध्यक्षमा देवीराम देवकोटा ४२९ मत प्राप्त गरी विजय भएका छन् । देवकोटाले दैलेखमा ३४,कालिकोटमा ५३,मुगुमा १०,जाजरकोटमा २७,सुर्खेतमा ७९,जुम्लामा ७१,हुम्लामा १३, सल्यानमा ६५,डोल्पामा ७,रुकुम पश्चिममा ७० मत प्राप्त गरेका थिए ।

उनका प्रतिस्पर्धी विष्णु शर्माले दैलेखमा ५३,कालिकोटमा ४५,मुगुमा ३,जाजरकोटमा ४४,सुर्खेतमा ७३,जुम्लामा १८,हुम्लामा १४,सल्यानमा २२,डोल्पामा १७,रुकुम पश्चिममा ३२ गरी २८५ सहित ३२१ मत प्राप्त गरेका हुन् ।

यस्तै उपाध्यक्षमा चक्रबहादुर खत्री,महिला उपाध्यक्षमा विमला खड्का,महासचिमा खगेन्द्रप्रसाद भट्टराई,सचिवमा दिपक बुढा,समावेशी सचिवमा अशोक राजी,कोषाध्यक्षमा गणेशकञ्चन भारती,सदस्यहरुमा जीवन शाही पहिलो,कृष्णबहादुर वली दोस्रो,सरोज वली तेस्रो,नारदप्रसाद जैसी चौथो,सुवर्ण शाही पाँचौ,इश्वरीप्रसाद देवकोटा छैठौँ,दिपककुमार जैसी सातौँ र सुरेन्द्रबहादुर सिंह आठौँ भएका छन् ।

त्यस्तै,महिला सदस्यमा चना बिक पहिलो,सुरिता बस्नेत दोस्रो र देवका लामिछाने तेस्रो भएका छन् । महासंघको हिजो भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

टिप्पणीहरू