हुन सेनपछि आजीवन खाने पुटिनको पालो

हुन सेनपछि आजीवन खाने पुटिनको पालो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आजीवन राष्ट्रपति बन्ने बाटोतर्फ अग्रसर भएका छन् । यसनिम्ति एउटा विधेयकमा हस्ताक्षरसमेत गरिसकेका छन् ।

यससङ्गै उनलाई थप दुई कार्यकाल सत्तामा रहन मार्गप्रशस्त भएको छ । सन् २००० देखि २००८ सम्म राष्ट्रपतिको रूपमा लगातार दुई कार्यकाल चलाइसकेका उनले १९९९ मा संविधान फेरी प्रधानमन्त्री खान गएका थिए । अब ६९ बर्ष पुग्ने पुटिनले चौथो राष्ट्रपतीय पद सम्हालिरहेका छन् जुन २०२४ मा समाप्त हुने छ ।

सोमबार घोषणा गरिएको नयाँ कानूनले उनलाई अरु दुई ६ बर्षका लागि सेवा प्रदान गर्न अनुमति दिएको हो । २०१२ र २०१८ मा राष्ट्रपति पदमा निर्वाचित हुनुअघि प्रधानमन्त्रीको रूपमा दुई कार्यकाल पूरा गरे पनि उनी त्यसबेला समेत खास राष्ट्रपति नै थिए ।

उता कम्बोडियामा हुन सेन ३७ बर्षदेखि प्रधानमन्त्री छन् । अझै कतिन्जेल खाने हुन् ठेगान छैन ।

टिप्पणीहरू