नाइजेरियामा आक्रमणपछि कैदीहरु फरार

नाइजेरियामा आक्रमणपछि कैदीहरु फरार

नेपालमा झापा सँघर्षका राजवन्दीहरुले नक्खू जेल तोडेको ०३३ साल चैत्रमा हो । उता अफ्रिकी मुलुक नाइजेरियाको दक्षिणी भागमा पनि यही महिना बन्दुकधारीहरूको आक्रमणपछि एक हजार आठ सयभन्दा बढि कैदी हिजोदेखि फरार छन् ।

यो नाइजेरियामा अहिलेसम्मको सबैभन्दा ठूलो जेलब्रेक हो तर कुनै समूहले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन । नाइजेरियाका प्रहरी महानिरीक्षकले आक्रमणको लागि ईस्टर्न सेक्युरिटी नेटवर्क (ई.एस.एन) को अर्धसैनिक शाखालाई दोष दिएका छन् ।

ई.एस.एनले भने आफू स्वदेशी इग्बो जनसंख्यालाई विदेशी सशस्त्र आक्रमणकारीहरूबाट जोगाउन संघर्ष गरिरहेको बताएको छ ।

टिप्पणीहरू