श्रीमतीलाई घाइते बनाएर आत्महत्या

श्रीमतीलाई घाइते बनाएर आत्महत्या

सामान्य घरायसी झगडामा श्रीमानले श्रीमतीलाई घाइते बनाएपछि आत्महत्या गरेका छन् ।

झापा गौरीगन्ज ५ बालुगाउँका अन्दाजी ३० बर्षीय जगतबहादुर ताजपुरियाले २६ वर्षिया राजकुमारीलाई कुटपिट गरी घाइते बनाएपछि आत्महत्या गरेका हुन् ।

उनले श्रीमतीलाई खुकुरीले पेट,छाती र हातमा प्रहार गरेर गम्भीर घाइते बनाएको र घर पछाडि कटेरोमा डोरी लगाएर आत्महत्या गरेको इलाका प्रहरीका निरीक्षक राकेश रेग्मीले जानकारी दिए । यो घटना २३ गते राती ९ बजेको हो ।

घाइते भएकी राजकुमारीलाई उपचारकालागि विराटनगरस्थित विराट नर्सिङ्ग अस्पतालमा लगिएको प्रहरीले जनाएको हो । स्थानीयका अनुसार दम्पत्तिवीच यसअघि झगडा भएको देखिन्न ।

टिप्पणीहरू