जीतपुरमा व्यापारीहरुको बन्द

बाराको जीतपुर उद्योग वाणिज्य संघका व्यापारीहरुले सडक निर्माण कार्य रोक्दै बाटो बन्द गरेका छन् ।

सिमरा उपमहानगरपालिका ०७ जीतपुर बजारस्थित पथलैया वीरगंज सडक निर्माण कार्य भइरहेको कारणले गर्दा धुलो उडेको र स्थानीयवासीहरुको स्वास्थ्यमा असर पर्न गएको भन्दै एक सय पचास जना व्यापारीको समूहले बाटो बन्द गरेको थियो ।

उक्त स्थानमा प्रहरी नायव निरीक्षकको कमाण्डमा ट्राफिक सहित १० जनाको टोली खटी सम्झाई बुझाई गरेपछि अवस्था सामान्य भएको छ ।

टिप्पणीहरू