राष्ट्रपतिद्वारा भोलि ४५० र लगत्तै ४५२ तक्मा वितरण हुने

राष्ट्रपतिद्वारा भोलि ४५० र लगत्तै ४५२ तक्मा वितरण हुने

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा घोषणा गरिएका तक्माहरु शुक्रबार वितरण हुने भएका छन् ।

गृह मन्त्रालय श्रोतका अनुसार शुक्रबार ४५० तक्मा वितरण गरिने छ । वि.सँ.२०७६ मा राष्ट्रपतिले घोषणा गर्नुभएका राष्ट्रसेवक कर्मचारी,समाजसेवी,बुद्धिजीवी लगायतलाई भोलि प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ । यो समाचार तयार पार्दासम्म तक्मा नलिने भनेर कसैले पनि जानकारी नगराएको मन्त्रालय श्रोतले जनआस्थालाई बताएको छ ।

यस्तै, वि.सँ. २०७७ सालको संविधान दिवसमा राष्ट्रपतिले ४५२ तक्मा वितरण गर्ने घोषणा भएको थियो। उक्त वितरण कार्यक्रम भने आगामी बैशाख १ गते हुने छ ।

टिप्पणीहरू