अनअराइभल भीसा बन्द

अनअराइभल भीसा बन्द

नेपालले विदेशी यात्रुमध्ये विशेषगरी आफूखुशी जहाज चढेर आउने टुरिस्टलाई अनअराइभल भीसा दिने काम बन्द गरेको छ ।

कोरोना महामारीलाई ध्यानमा राखेर अध्यागमन विभागले उक्त निर्णय गरेको हो । अवधि नतोकेपनि आगामी केही महिनासम्म उक्त निर्णय लागू हुने छ । बैशाखसम्म तन्काउने लक्ष्य रहे पनि कोरोना संक्रमण फैलिएको कारण यो अवरोध अब अरु तीन चार महिना लम्बिन सक्छ ।

अब नेपाल आउन चाहने विदेशीले उतैबाट भीसा बोकेर आउनुपर्ने भएको छ । तर,नेपाली मूलका विदेशी नागरिकलाई भने उक्त नियम लाग्ने छैन ।

त्यसैगरी,कूटनीतिक तथा विशेष राहदानी बोकेका विदेशीले पनि अनअराइभल भीसा पाउने छन् । पर्यटन बोर्डले सिफारिश गरेका पर्यटकलेसमेत त्यो सुविधा पाउने छन् ।

टिप्पणीहरू