मन खुलाएर बजेट बनाउन सकिन्न : अर्थमन्त्री

मन खुलाएर बजेट बनाउन सकिन्न : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनु भएको छ ।

नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै पौडेलले कोभिडका कारण खुम्चिएको राजस्व,अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधिभित्रै रहेर बजेटको स्रोत निर्माण गर्नुपर्ने भएकाले यसपटक हात खुम्चाएर बजेट निर्माण गर्नुपर्ने परिस्थिति रहेको बताउनु भएको हो ।

सरकारी सेवा सुविधा र जागिरमा रहेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन पनि अनेरास्ववियुको माग थियो ।

आज उहाँले बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्वपूर्ण भएपनि स्रोत हेरेर निर्माण गर्नुपर्दा समस्या रहेको पनि बताउनुभएको थियो ।

ऐन महरसहितका विद्यार्थी नेताहरुले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गर्दै शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेका थिए ।

यस्तै सरकारी सेवा सुविधा र जागिरमा रहेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन पनि अनेरास्ववियुको माग थियो ।

टिप्पणीहरू