मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार बिहान पौने सात बजे मोटरसाइकलले ठक्कर दिँदा टीकापुर–१ की ६० वर्षिया पदमा साउदको मृत्यु भएको हो ।

तीव्र गतिमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी साउदलाई उपचारका लागि तत्काल टीकापुर अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसक्ने भएपछि नेपालगन्ज मेडिकल कलेज रिफर गरिएको थियो ।

मृतकका आफन्तले वृद्धालाई नेपालगन्ज मेडिकल कलेज लैजान समय लाग्ने भएकाले बर्दीयाको राजापुर अस्पतालमा उपचार गराएका थिए । सोहि क्रममा साउदको मृत्यु भएको प्रहरी निरिक्षक अरुण बमले जानकारी दिए ।

ठक्कर दिने चालक मोटरसाइकलसहित फरार रहेको र उनको खोजी भैरहेको पनि बमले बताए ।

टिप्पणीहरू