मनोरञ्जन बजार गुल्जार हुँदै

मनोरञ्जन बजार गुल्जार हुँदै

कोरोना महामारीले निम्त्याएको लकडाउनसँगै ठप्प भएको फेसन शो तथा मनोरञ्जन बजार बिस्तारै खुल्न थालेको छ ।

शनिबार काठमाडौँमा मोडल हण्टले आफ्नो छैठौं संस्करण आयोजना गरेपछि एक वर्षदेखि सुस्ताएको फेसन शो तथा मनोरञ्जन बजारमा चहलपहल बढ्न थालेको हो ।

नेपालमा उक्त प्रतियोगितालाई राम्रो मोडलिङ प्रतियोगिताका रुपमा लिइन्छ । फेसन मनोरञ्जनमा क्रियाशील व्यक्तिहरूको उपस्थितिमा सम्पन्न मोडलहण्टमा ३४ जना युवा तथा ३२ जना युवतीले भाग लिएका थिए ।

प्रतियोगीहरूले आईसी कलेज अफ आर्ट एण्ड फेसनको १७ औँ ब्याचका ३४ जना विद्यार्थी डिजाइनरले तयार पारेका पहिरनमा सजिएर प्रतिस्पर्धा गरेका थिए ।

विजेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागी हुन पाउनेछन् । साथै, कोरियामा सञ्चालन हुने एलबीएमए अवार्डस्,गोवामा सञ्चालन हुने इन्टरनेशनल फेसन वीकलगायत फेसन,मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले बताएको छ ।

टिप्पणीहरू