उपत्यकाको होली रौनक (तस्बिरमा)

उपत्यकाको होली रौनक (तस्बिरमा)

कोरोना महामारीका कारण विगतका वर्षको तुलनामा यसपटक उपत्यकामा फागुपर्व (होली) को खासै रौनक देखिएन । केही दिनयता बढेको कोरोना संक्रमणका कारण सरकारले घर बाहिर निस्केर होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको थियो । होलीलाई घरपरिवारमा सीमित राख्न आग्रह गर्दै भिडभाड गरे कारबाही गर्नेसम्मको सरकारले चेतावनी दिएको थियो ।

तर, सरकारको आग्रह र चेतावनीले होलीप्रेमी युवायुवतीहरूलाई रोक्न सकेन । त्यसैले उपत्यकाका वसन्तपुर, पाटनढोका, दरबार स्क्वायरलगायतका ठाउँमा होलीको रौनक देखियो । केही ठाउँमा रंग दलेर खुशी मनाउँदै हिँडेकाहरूलाई प्रहरीले रोकेको थियो भने कतिपयले प्रहरीको आँखा छलेर खुशी साटेका थिए ।

हेर्नुस् उपत्यकामा देखिएको होलीको रौनक :

टिप्पणीहरू