ज्योति गुप्रको बजार व्यवस्थापनमा ‘बास्किन रोबिन्स’

ज्योति गुप्रको बजार व्यवस्थापनमा ‘बास्किन रोबिन्स’

नेपालका ११ वटा शहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको ‘बास्किन रोबिन्स’ लाई सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि.को साझेदारीमा ज्योति गुप्रले बजार व्यवस्थापन गरेको छ ।

विश्वमै सबै भन्दा बढी रुचाइने आइसक्रीम ट्रीट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रीम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको यस कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधा दायक सेवा प्रदान गर्ने अठोट लिएको छ ।

सन् २०१७ देखि सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि. (SIIPL) को नाममा ज्योति ग्रुप एफएमसीजी उद्योगको स्थापना गरेको हो । वर्षौं देखि आइसक्रीमको कारोबार गर्दै आएको एसआईआईपीएलले द्रुत गतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको छ । समग्ररुपमा भन्ने हो भने एसआईआईपीएल हस्पिटालिटी तथा रिटेल उद्योगमा उत्कृष्ट एवं प्रशिक्षित टीम भएको एक समर्पित ब्रान्ड हो ।

‘बास्किन रोबिन्स’

बास्किनरोबिन्स आइसक्रीम उद्योगमा नवीनतम उदाहरण हो । हरेक पटक नयाँ स्वाद प्रदान गर्नका लागि यस कम्पनीले विभिन्न विकल्पहरू पस्किदै आएको छ जस अन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रीम, अतिरिक्त चिनी नभएको, डेरी रहित आइसक्रीम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज्, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् । यस ब्रान्डले निरन्तर रुपमा आइसक्रीम केक तथा अन्य नयाँ उत्पादहरुमा समेत नविकरण गर्दै जाने कम्पनीको लक्ष रहेको छ ।

‘बास्किन रोबिन्स’

ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तर ढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्ने कम्पनीले जनाएको छ । यसका साथै यस कम्पनीले दैनिक रुपमा एक व्यवस्थित खाना सुरक्षा योजना कायम गरेको छ जुन दैनिक अडिट्सले प्रमाणितसमेत गर्दछ ।

टिप्पणीहरू