नेपालमा फुटबलको रोमानञ्चक प्रतियोगिता

नेपालमा फुटबलको रोमानञ्चक प्रतियोगिता

अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि नेपाल स्पोर्टस् इभेण्ट म्यानेजमेण्टले टिकटिङ पार्टनरको रुपमा पेवेलसँग बुधबार एक सम्झौता गरेको छ ।

नेपाल सुपर लिगकी अध्यक्ष आश्रेयता कार्की चौधरी र पेवेलमनका प्रमुख कार्यकारी अधिकृत भीमप्रसाद तिमिल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगितामा पेवेलले आधिकारिक रुपमा टिकट बिक्री गर्ने छ । विगतमा टिकट वितरणमा भएको कमी कमजोरीलाई सुधारेर अर्को महिना हुने प्रतियोगितामा टिकट वितरण गर्ने पेवेलले बताएको छ ।

फ्रेन्चाईज टोलीलाई सहभागी गराएर सञ्चालन गर्न लागिएको पहिलो संस्करणको लिगमा सात टोलीले सहभागिता जनाउँदैछन् । दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतियोगितामा बिराटनगर सिटी, काठमाडौं रेजर्स,ललितपुर सिटी, एफसी चितवन,धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्दैछन् ।

टिप्पणीहरू