रास्ट्रपति ढाकाबाट फर्कनासाथ..

रास्ट्रपति ढाकाबाट फर्कनासाथ..

रास्ट्रपति र सैन्य टोलीको ढाका भ्रमणकै सेरोफेरो पारेर काठमाण्डौमा जारी त्रिदेशीय फुटबल प्रतियाेगितामा बंगलादेशले विजयी शुरूवात गरेकाे छ । त्रिदेशीय नेशनल कप फुटबल प्रतियोगितामा किर्गिजिस्तानलाई पराजित गर्दै विजय यात्रा थालिएकाे हाे ।

शुरुदेखि नै किर्गिजिस्तानकाे टाेलीलाई दबाब दिएर खेलेकाे खेलमा किर्गिजिस्तानका कुमारवज उलु बैमानले खेलकाे तीसाैं मीनेटमा कि क्लियर गर्दै आफ्नै पोस्टमा गोल हानेपछि बंगलादेशले अग्रता पाएकाे हो । बंगलादेशको जितका लागि सोही गोल नै निर्णायक बनेको थियाे ।

पहिलो हाफमा पछि परेको किर्गिजिस्तानले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गर्यो तर सफल हुन सकेन । पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्यहाेर्न बाध्य भयाे । खेललाई बराबरीमा फर्काउन निकै संघर्ष गरेको किर्गिजिस्तानले इन्जुरी समयमा गोलको सुन्दर मौका पाएकाे थियाे तर सदुपयाेग गर्न सकेन।

टासेभ कामुलिद्दीनले कर्नर बललाई हेडरमार्फत गोल गर्ने अवसर पाए पनि उनको बल बार माथिबाट बाहिरिएको थियो । अनमार्क रहेका उनले हावाबाट आएको बललाई सही दिशा दिन नसक्दा गोल हुन सकेन र बंगलादेशले त्रिदेशीय प्रतियोगितामा उपहार गोलबाट विजयी सुरुआत गर्याेे ।

यससँगै बंगलादेशले किर्गिजिस्तानको उमेर समूहमाथि पहिलो पटक जीत निकाल्न सफल पनि भएको छ । यसअघि भएका चार भेटमा किर्गिजिस्तानको राष्ट्रिय टोलीलाई बंगलादेशको टोलीले नतिजा सुम्पिएको थियो । खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच घोषित भए ।

सुखद सुरुआत गरेको बंगलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बंगलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित किर्गिजिस्तानले बिहिबार नेपालसँग खेल्नेछ ।

टिप्पणीहरू