मेयर कप पुरस्कार कतिको ?

मेयर कप पुरस्कार कतिको ?

महिला कृकेट च्याम्पियनसीप प्रतियोगिताको बिजेताले तीन लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) र ललितपुर महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा विजेताले पाउने पुरस्कार राशी सार्वजनिक गरिएको हो ।

ट्वान्टी–२० संरचनामा आयोजना हुने प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार रुपैयाँ पाउने क्यानले जनाएको छ ।

चैत २१ देखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा प्रदेश १,विभागीय टोली एपीएफ, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र कूल ७ खेल हुने प्रतियोगिताका लागि मुख्य प्रायोजक ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खेलकुदलाई अगाडि बढाउन महानगरले सँधै हातेमालो गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टिप्पणीहरू