चीर ठडियो,फागु पर्व शुरु

चीर ठडियो,फागु पर्व शुरु

बसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा चीर ठड्याइएसँगै फागु पर्व शुरु भएको छ । आइतबार बिहान ८ बजेर २६ मीनेटको साइतमा दरबार परिसरमा चीर ठड्याइएपछि फागु पर्व शुरु भएको हो ।

फागुन शुक्ल अष्टमीका दिन बसन्तपुरमा चीर उठाएपछि फागु पर्व शुरु हुने धार्मिक प्रचलन छ । आइतबार विभिन्न बाजागाजा, नाचगानसहित रंगिचङ्गी चीर उठाइएको धालासिक्व मानन्धर सनाःगू खलः का सहसचिव गजेन्द्र मानन्धरले जानकारी दिए । फागुन शुक्ल अष्टमीदेखि फागु पूर्णिमासम्म फागु पर्व मनाउने गरिन्छ । पूर्णिमाको दिन बेलुकी चीर तानेर टुँडिखेलमा पुर्याई जलाएपछि फागु पर्व सकिन्छ ।

यो वर्ष पहाडमा चैत १५ गते र तराईमा चैत १६ गते फागु पूर्णिमा मनाईंदैछ ।

टिप्पणीहरू