सबैको जिन्दगी कहाँ सुखद हुन्छ र ! « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

सबैको जिन्दगी कहाँ सुखद हुन्छ र !



यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।। मनुस्मृतिमा उल्लिखित यो भनाइ पनि सबै नारीप्रति लागू हुन सक्दो रहेनछ ।

विवाह भनेको सम्पत्ति कमाउने साधन नभएर जीवन जिउने माध्यम बन्नुपर्ने हो तर सबैको हकमा यस्तो हुँदो रहेनछ । केही यस्ता महिला पनि छन् जो समाजमा लाज, घीन सबै पचाएर पैसाका लागि सम्बन्ध जोड्दै, सम्बन्ध तोड्दै हिँड्ने गर्दछन् ।

सम्झँदै घृणा जागेर आउँछ । छिः कस्ता–कस्ता घृणित काम पनि गर्न थाले है महिलाले ! एउटा केटासँग विवाह गर्‍यो, महिना नबित्दै सम्बन्धविच्छेद । फेरि अर्काेसँग विवाह गर्‍यो– दुई/चार महिनापछि सम्बन्धविच्छेद र अंश माग्दै मुद्दा । छोरी चेलीले यसैलाई पेशा बनाउँदै हिँड्न थाल्दा परिणाम के निस्केला ? कानुनको यही छिद्रमाथि टेक्दै महिलालाई जे गर्न पनि छुट दिँदै जाने हो भने भोलि कस्तो अवस्था आउला ? भनिन्छ, लोग्ने–स्वास्नीको झगडा परालको आगो । एकताकाको यो चल्तीको उखान अहिले परिमार्जन भइसक्यो, लोग्ने–स्वास्नीको झगडा मूढाको आगो बन्न पुगेको छ । जो बलेपछि हत्तपत्त निभ्दै÷निभ्दैन । यो आगो निभाउन अचेल अदालतकै ढोका ढकढक्याउनुपर्ने स्थिति छ । यही बलेको आगो निभाउन मद्दत गर्नु त कता हो कता उल्टै घ्यू थपिदिँदा रहेछन् नजिकका नातेदार र आफन्तले ।

भन्छन् नि पुरुषले चाहे कहिले–कहिले, महिलाले चाहे रत्तिभरमै । हाम्रो कानुनी संरचना झन् उस्तै । पुरुषले लाखौं कोसिस गरे पनि सम्बन्धविच्छेद गर्न नमिल्ने, महिलाले चाहेको खण्डमा एक पलमै मिल्ने । कानुन बनाउनेले महिलालाई माथि पार्न भन्दै यस्तै कानुन बनाइदिएपछि हामी भुइँ मान्छे के नै गर्न सक्छाँै र ? यही कानुनको कमजोर पाटोमाथि टेकेर महिलाले यसलाई दाम कमाउने गतिलो अवसर बनाउँदै छन् । यही कमजोर कानुनका कारण प्रताडित एक सर्वसाधारण न्यायको खोजीमा भौंतारिएको वर्षाैं भइसकेको छ । अझै न्याय मिलेको छैन ।

नारी अधिकारका ठुल्ठूला भाषण गर्नेहरूको ध्यान एकपटक यता पनि जानु आवश्यक छ, कसरी लुटिन्छन् पुरुषहरू एउटा महिलाबाट ! र, जीवनभर प्रताडित बनेर बाँच्न विवश हुन्छन् मानसिक प्रताडना भोगेर ।

धादिङ जिल्ला गजुरी बस्ने विनितमणि घिमिरेकी छोरी (३०) वर्षीया भुवनेश्वरी घिमिरेसँग ०७४ साल वैशाख २३ गते सामाजिक परम्पराअनुसार विवाह बन्धनमा बाँधिएँ । यसरी उनको सिउँदोमा हालिएको एक धर्काे सिन्दूर नै मेरा लागि जीवनभर पीडाको विषय बन्न पुगेको छ । उनको नियत नै खोटो थियो वा मेरो भाग्य ? मैले बारम्बार कर गरेँ, उनी सन्तान जन्माउनै नचाहने । शुरुमा सोचें, श्रीमतीको खुशी नै श्रीमान्को खुशी हो । आफ्नो खुशीलाई दाउमा राखेर उनको खुशीका लागि हर चिज त्याग्दै गएँ र त समयले यस्तो क्षण ल्याइदियो, उनैका खुशीका लागि आफू नांगिएर उनैलाई त्याग्नुपर्ने । आखिर के भर हुँदोरहेछ र त्यो एक धर्काे सिन्दूरको ? विवाह मण्डपमा दुनियाँलाई साक्षी राखेर सिउँदोमा त्यही एक धर सिन्दूर भरिदिँदैमा स्त्री जातिको मन आफ्नो बनाउन सकिँदो रहेनछ ।

सम्बन्धमा तुषारापात तब हुन्छ जब श्रीमतीलाई घरको भन्दा अरूकै बारीमा फलेका फल मीठो लाग्न थाल्छ । आफ्नो श्रीमान्मा खोट र पराइका श्रीमान् महान् देख्न थालिन्छ । श्रीमान्को आँखा छलेर उनी परपुरुषसँग रमाइरहेकी हुन्छिन् । तब स्वर्गजस्तो पवित्र घर मसानघाट बन्छ । त्यसैले त भनिएको, स्त्री कुनै पुरुषसँगै सामीप्यमै रहँदा पनि उनको आँखा अर्काे पुरुषसँग अनि त्यही समयमा मनचाहिँ तेस्रो पुरुषसँग हुन्छ । एउटी स्त्रीले एकैसाथ तीन पुरुषलाई प्रेम गरिरहेकी हुन्छे भित्रभित्रै ।

पत्नीको रूपमा बस्न आफैं अस्वीकार गर्ने र अर्काेतर्फ पत्नीको नाताले अंश माग्दै हिँड्ने कहाँसम्मको न्यायोचित कुरा हो यो ?

विवाहपश्चात् धादिङ छाडेर काठमाडौं भित्रियौं । एक दिन अचानक कोठामा एउटा पत्र भेटियो । त्यसपछाडि छाँगाबाट खसेझैँको अवस्थामा पुगियो । पत्र पढ्दा बुझिन्थ्यो उनको चक्कर परपुरुषसँग छ । विवाह गरेको डेढ वर्ष दिन नबित्दै ०७५ असार २० गते यस्तो पत्र हात परेपछि मर्नु न बौलाउनुको हालतमा पुगेँ । पत्रमा दुई बीच शारीरिक सम्पर्कका कुरासमेत उल्लेख थियो । बुझ्दै जाँदा थाहा भयो उनीहरूबीच ६ वर्षदेखि सम्बन्ध रहँदै रहेछ । समाजमा शिर झुकाउनु नपरेको पुरुषका लागि योभन्दा बढी लज्जाको विषय अरु के हुन सक्छ ?

विवाह भएको महिना पनि नपुग्दै अपमान गर्ने, हेप्ने र विभिन्न बहाना बनाई मानसिक यातना दिने काम भयो । पत्नीको रूपमा बस्न आफैं अस्वीकार गर्ने र अर्काेतर्फ पत्नीको नाताले अंश माग्दै हिँड्ने कहाँसम्मको न्यायोचित कुरा हो यो ? यही बीचमा अदालत गई सम्बन्धविच्छेद गर्ने सहमतिसमेत भएको थियो । सहमतिबमोजिम जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्नेमा गरिनन्, उल्टै मानसिक यातना मात्रै दिइन् । पछि अंश मुद्दा दायर गरिन् । यी मुद्दा धादिङ जिल्ला अदालत र पुनरावेदन अदालतबाट फैसला भई हाल सर्वाेच्च अदालतमा विचाराधीन छ । विवाहको शुरुदेखि नै सम्पत्ति प्राप्तिका लागि मात्रै विवाह गरेको स्पष्टै हुन्छ ।

यस्ता मानसिक तथा शारीरिक यातानाको हिसाब नगरौा । के मैले सन्तान प्राप्तिको चाह राख्नु गलत थियो ? तर, बाहिरको चोरेर मीठो खान पल्केकाहरूलाई सन्तानोत्पादनप्रति रहर नहुँदो रहेछ । नाता सम्बन्ध र सामाजिक परिवेशको ख्यालै नगरी सम्पत्ति मात्रै हत्याउने एउटै उद्देश्यले बदनियतपूर्वक विवाह सम्बन्ध राखेको स्पष्टै भयो । हरदिन, हरक्षण पीडा सहेर रहनुभन्दा अलग्गिनु नै उचित मानियो । एउटै ओछ्यानमा सुत्दैमा मात्र लोग्ने–स्वास्नी हुन सकिँदो रहेनछ । जब सिरानी एउटै भए पनि मन कोसै टाढा भइदिन्छ । त्यही कारण अलग हुने बाटो रोज्यौँ ।

उसको व्यवहारमा कुनै परिवर्तन आएन । दिनभर काम गरी थाकेर घर आउँथेँ । घरमा आउँदा मेरालागि खाने कुरा नै हुँदैनथियो । ऊ आफ्नो लागि मात्रै एक्लै पकाउने गर्थी र खान्थी एक्लै । जतिखेरै फोनमा व्यस्त हुन्थी, कोसँग गफ गर्थी के जान्नु ? उल्टै मेरो कार्यालय सिटिजन्स बैंकमा आएर मैमाथि तथानाम गाली गर्दै बेइज्जत गर्थी । प्रहरी प्रशासन लगाएर मैमाथि दुःख सास्ती र हैरानी दिन थाली । डलरका लागि खुलेका महिला अधिकारवादीहरूको संस्थाबाट उस्तै हैरानी । एक बारको जुनीमा मैले खेपेका दुःख, सास्ती र हैरानीको कुरै नगरौँ, मेरो घरपरिवार उनकै कारण तहसनहस भयो । ऊ त रोबोट थिई जे अह्राउँछन् उसका बुवा आमा, आफन्त र त्यो पठ्ठोले उसै गर्थी । चल्थी उनीहरूकै इसारामा । विवाह भएको दुई वर्ष नबित्दै ०७५ साउन ८ गते अंश भर्पाइ गरिदिएँ । त्यही तनावका कारण हालसम्म पनि राम्रोसँग काम गर्न सकेको छैन । झगडाले उग्ररूप लिएपछि उनकै नातेदार ठूलीआमा, भिनाजुदेखि एबिसी नेपाल नामक संस्थामा कार्यरत भट्टराई थरका एक दाजु, नारी मिलन एकता समाजको रोहवरमा हामीबीच ०७५ फागुन १९ गते अधिवक्ताबाट मस्यौदा तयार गरी सम्झौता भएको थियो । विवाहपछि हामी दुईबीचको सम्बन्ध बिग्रन गएको घर, समाज तथा विभिन्न संघसंस्थाको अथक प्रयासका बाबजुदसमेत सम्बन्ध सुमधुर नभएका कारण विवाहमा लिइएका सरसामान दुवै पक्षले एकअर्काेलाई फिर्ता गरी लोग्ने–स्वास्नीबीचको सम्बन्धविच्छेद गरिएको थियो । ०७६ वैशाख देखि हामी अलग–अलग बस्न थाल्यौं । यसरी भएको सम्झौतालाई समेत लत्याउँदै साक्षीहरूलाई समेत लज्जित हुने गरी पटक–पटक अंशका लागि मुद्दा हालेर मलाई र यिनै साक्षीहरूलाई समेत सताइरहेकी छ । मर्नु न बौलाउनुको अवस्थामा पु¥याएकी छ । महिलाहरूको उन्नति र प्रगतिका लागि बनाइएका कानुनका छिद्र खोजी केटाहरूको घरपरिवार तथा केटाको जिन्दगीमाथि खेल्न यति साह्रो छुट दिएको छ र कानुनले ? के महिला भएकै आधारमा यिनलाई चाहिँ जे गरे पनि छुट छ ?

– पीडित प्रमोद सिंखडा (नाम परिवर्तन) काठमाडौं


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन
राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर
चलचित्र कलाकारहरुलाई पनि कोरोना संक्रमण
चुरे जंगलका निल गाई राजविराज सहरमा