सर्वोच्चका श्रीमानले वडाको काम गर्ने हो ?
– दिनेश रायमाझी
आजभोलि उतिसाह्रो सुनिन्न पहिले–पहिलेजस्तो । खास गरी जायजेथा अलि धेरै भएकाहरू अर्थात् जसको गैरी र टारी खेत अलि धेरै हुन्थ्यो, ठूलै ख¥यान, सम्म परेको ठूलो पाटो तथा स–साना बल्लबल्ल जोत्न मिल्ने पाटो बारी सहित छोराहरू धेरै भएका जमिनदारको घरमा यस्तो हुन्थ्यो तर, त्यो बेलाका नपढेका, नजानेका भनिने ती जमिन्दारले समेत सबै छोराको चित्त बुझाई भाइ एकता कायमै गराएरै अंशबण्डा गरिदिन्थे र छुट्याइदिन्थे । भाइ फुटे गँवार लुटे भन्ने भनाइ उनीहरूले बुझेका थिए । यस्तो अंशबण्डामा झगडा नपार्न सबैभन्दा ठूलो भूमिका जेठो छोराको पनि हुन्थ्यो । सबै मिलेर अंश काट्थे । कान्छोले रोजेको र जेठोले छाडेको लिन्थे । बूढाबूढीको निम्ति शेषपछि पाल्नेले खाने गरेर ज्युँनी राख्थे । छोडेको कमसल जग्गा लिने र बा–आमालाई पाल्ने काम जेठोको हुन्थ्यो । देशको प्रधानमन्त्री, पहिलो अध्यक्ष भनेको यस्तै घरमुली हो । धेरैले ‘बा’ पनि यस्तै कुराले भनेका होलान् । सन्तानको निम्ति जायजेथा जोडिदिने र अन्तमा आफूलाई केही नराखी उनीहरूले नै दिएको खानेगरी अंशबण्डामार्फत् हक हस्तान्तरण गरिदिएर घरमा शान्ति कायम गराउने काम पनि बाकै हुन्छ । तर, प्रधानमन्त्री तथा पार्टीको पहिलो अध्यक्ष ‘बा’ को वा घरमुलीको यो किसिमको ऐतिहासिक भूमिका निर्वाह गर्नबाट चुक्नुभयो । यो ऐतिहासिक अवसर पनि थियोे इतिहास बनाउनको निम्ति । तर, उहाँ चुक्नुभयो । झगडालुहरूले ज्युँनीस्वरूप रोजेर प्रधानमन्त्री वा अध्यक्ष जे बसे पनि हुने गरी छुट्याएकै थिए तर उहाँले त्यो ज्युँनी लिने त कुरै भएन घरमा अंशको निम्ति झगडा परेको कुरालाई नै पनि मान्नुभएन । फलस्वरूप परिवारमा यो बबण्डर मच्चिएको छ ।
मान्छे कोही पनि समाज, राजनीति र संस्कृतिभन्दा परबाट बन्दैन । अदालत पनि यसको अपवाद हुने कुरा भएन । किनभने अदालत भनेको चारदिवार नभएर मान्छे नै हो । यो कुरालाई बुझेरै हुनुपर्छ भारतका एक जना पुर्वजले बेञ्चबाटै यस्तो भनेका थिए क्गउचझभ अयगचत ष्क कगउचझभ दगत लयत ष्लाबििष्दभि अर्थात् सर्वाेच्च अदालत सर्वाेच्च त हो तर यो अचूक हुँदैन । जतिसुकै हुँदा पनि त्यहाँबाट पनि कमीकमजोरी हुन सक्छन् । गाउँघरतिर अझै पनि भनेको सुनिन्छ र खास गरेर नपढेका र गाईगोठ खेती किसानी गर्ने, थोत्रा लुगा लगाउने र हेर्दै पनि के जानेको होला र यस्ताले त भन्ने जस्ताले भनेको सुनिन्छ– न्याय निसाफ गर्दा कसैको ज्यानै जाने स्थिति रहेछ भने त्यस्तोमा निसाफ होइन, नाइन्साफ गर्नु अरूको ज्यान जाने निसाफ नगर्नु । हाम्रो आधुनिक विधिशास्त्रले यस्तो भन्दैन । विवाद नेकपा (नेकपा) भन्ने नाम कसले पहिला राख्यो भन्ने थियोे । यस्तो किसिमको नाममा विवाद सबैभन्दा धेरै कम्पनी रजिष्ट्रारको कार्यालय, नगरपालिका तथा घरेलुमा परेको देखिन्छ । बाजेको सेकुवा, न्यु बाजेको सेकुवा, असली बाजेको फलानो पेडा पसल, नयाँ पेंडा पसल यस्ता यस्ता अनेक नामहरू देख्न पाइन्छ । नगरपालिकामा तेस्रो तहको कर्मचारीले, घरेलुमा शाखा अधिकृतले र कम्पनी रजिस्ट्रारको कार्यालयमा उपसचिवले तीन मिनेटमा सुल्झाउने ल्याकत राख्छन् यस्ता खाले विवादलाई । किनभने सजिलो छ– यो नामको संस्था पहिल्यै दर्ता छ, तिमी नाम परिवर्तन गरेर ल्याऊ भन्छ । अहिलेको यो विवादमा पनि हुनुपर्ने यही थियो । चुइँगम चपाएजस्तो चपाउँदै, तन्काउँदै गर्नुपर्ने नै थिएन । यस्तो कुरामा ख्याल राख्ने आत्मिक मनले हो, दया र करुणाले हो । परिस्थितिको जायजा लिन सक्ने ल्याकत र इच्छाले हो । खासमा यी दुइटैलाई सो नाम लेख्ने अनुमति अर्को संवैधानिक अंगले नै प्रदान गरेको हो । यो नाम पहिल्यैदेखि छ, तिमी अर्को नाम लिएर आऊ भनेको भए समस्या नै आउने थिएन । यसकारण यो नाम प्रयोग गर्नुुुमा यी दुवै दलको न कमजोरी थियोे न त गल्ती ! तर नाम प्रयोग गरेकै कारण हिजो ऐतिहासिक भनिएको र मानिएको दुई दलबीचको एकीकरणसमेत अमान्य हुने अवस्था बनेको छ । के दुई दलबीच हुने एकता बदरभागी हुन सक्छ ? यही कारणले देशमा संवैधानिक जटिलता पैदा भइसकेको छ । जिम्मेवारी कसले लिने ? हालसालै सम्पन्न उपनिर्वाचनको हैसियत के हुने अब ? संवैधानिक आयोगमा भए÷गरिएका नियुक्ति तथा सरुवा–बढुवा के हुने ? के स्थानीय निकाय जनप्रतिनिधिविहीन रहन सक्छन् ? किनभने अन्य दलबाहेकका सबै जनप्रतिनिधि नेकपा (नेकपा) दलका नभएर एमाले वा माओवादी केन्द्रका बन्न पुगेका छन् । अब दर्ता हुने नयाँ दल र नेकपा (नेकपा) दलका निर्वाचित जनप्रतिनिधिबीच कुनै साइनो रहला ? एमाले तथा माओवादी केन्द्रका सदस्यहरू के स्वतः नयाँ बन्ने दलको सदस्य र त्यो पनि जनप्रतिनिधि बन्ने संवैधानिक या कानुनी आधार छन् कतै ? छैनन् ।
देश हरेक हिसाबले कठिनाइ झेल्नुपर्ने दिशातिर गइसकेको छ । यसलाई त्यतातिर जानबाट रोक्ने काम प्रधानमन्त्रीको हो, पहिलो अध्यक्षको हो । यस्तो भन्दा पूर्वाग्रही भएको अर्थ लाग्ला । तर, त्यस्तो किन होइन भने यहाँ धेरै यस्ता कार्यकर्ता तथा समर्थक छन् जसले यो दल र यसको सरकारबाट एकपित्को सहयोग लिएका छैनन् तर क्षमता भए जति पूरै सहयोग दिएका छन् । यस्ता कार्यकर्ताले व्यक्तिगत हिसाबले बालुवामा पानी खन्याए सरहको सहयोग र समर्थन गरेका छन् दललाई । तितै भए पनि औषधि खानुपर्छ, यो सुझाव पनि अप्रिय त होला तर समस्या समाधानको निम्ति उपयुक्त नै छ । अरू त के छ र इतिहास बने पनि र बिग्रे पनि जवाफ भने हामीले दिनुपर्ने छैन, जवाफ दिने ‘बा’ले नै हो र हाम्रो प्लस प्वाइन्ट भनेको यही हो, धन्यवाद !
टिप्पणीहरू