विप्लव मनाउने जिम्मा बादललाई

विप्लव मनाउने जिम्मा बादललाई

सरकारले प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासंग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् ।

अघि भर्खर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् । विप्लव समूहविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका गृहमन्त्री थापालाई नै सरकारले वार्ताको जिम्मेवारी दिएको हो ।

लामो समय विप्लवसंग सहकार्य गर्नुभएका थापाले विप्लव समूहलाई हतियारबाटै निस्तेज गर्ने विवादित अभिव्यक्ति दिंदै आउनुभएको थियो । पछिल्लो समय सरकारले वार्तालाई प्राथमिकतामा राखेको बताए पनि विप्लव समूहमाथिको प्रतिवन्ध भने हटाएको छैन । हिजो मात्रै विप्लव समूहका कार्यकर्ता पक्राउ परेका थिए।

टिप्पणीहरू