सगरमाथा साहित्य प्रतिष्ठानले पायो पूर्णता

सगरमाथा साहित्य प्रतिष्ठानले पायो पूर्णता

संयुक्त अरब इमिरेट्स (युएई) मा साधनारत साहित्यकर्मीहरूको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिइएको छ । अधिवेशनपछि फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो भर्चुअल बैठकले कार्यसमितिलाई पूर्णता दिँदै विभिन्न उपसमितिका संयोजकहरू समेत तोकेको छ ।

प्रतिष्ठानको फेबु्रअरी १५ मा भएको अधिवेशनले जीवित खड्का मगरलाई अध्यक्षमा चयन गरेको थियो । खडकाको सभापतित्वमा बसेको बैठकले उपाध्यक्षमा सरु शीतल राई, महासचिवमा डीजी शर्मा, सचिवमा डीएल घिमिरे, सहसचिवमा सुजन सिरेन चाङ्वाङ्, कोषाध्यक्षमा चन्द्र सम्बाहाम्फे र सदस्यहरूमा कृष्ण घिमिरे, सुमित्रा सुमी, राज यात्री लम्साल, युवराज खतिवडा, नवराज ढकाल, रोहित कुँवर, जीरन थुलुङ, अमृता वान्तवा, शम्भु अर्याल (पदेन सदस्य, गण्डकी शाखा अध्यक्ष) र मोहन तरामु मगर (पदेन सदस्य) लाई नियुक्त गरेको छ ।

यस्तै निवर्तमान अध्यक्ष कृष्ण विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको विशिष्ट सदस्यका साथै अनुशासन कमिटीको संयोजकमा मनोनित गरिएको छ । बैठले विभिन्न उपसमिति र तिनका संयोजकहरू पनि चयन गरेको छ ।

कला÷साहित्य प्रमुखमा दीपराज नेयोङ्हाङ, भाषा तथा साहित्य विभाग प्रमुखमा खगेन्द्र समरस, सूचना/सञ्चार विभाग प्रमुखमा अजित क्षेत्री, अर्थ विभाग प्रमुखमा शिशिर दूरवस्ती र प्रवक्तामा राजेशराज गड्तौलालाई चयन गरेको छ ।

अमेरिका निवासी राखी गौचनलाई संस्थाको अन्तर्राष्ट्रिय शाखा विस्तार संयोजकमा नियुक्त गरिएको बताइएको छ ।

राम प्रसाद ढुंगेल युएई 

टिप्पणीहरू