नेप्से ४० अंकले बढ्यो, घटबढमा देखिएन कारण

नेप्से ४० अंकले बढ्यो, घटबढमा देखिएन कारण

विनाकारण पछिल्लो दुई दिनमा धेरै अंकले घटेको सेयरबजार त्यसैगरी बढेको छ । हिजो र बिहीबार गरेर १ सय २४ अंकले घटेको नेप्सेमा आज उतार चढाव आएपनि बढोत्तरी कायम रहेर ४१ अंक थपिएको छ । हिजो २ हजार ४ सय ७४ अंकमा अडिएको नेप्से आज बजार बन्द हुँदा २ हजार ५ सय १५ मा पुगेको छ । सेयर बजारमा आज एक पटक नेप्से २ हजार ५ सय २२ सम्म पुगेको थियो ।

पछिल्लो दुई दिन नेप्से घटेपनि कुल कारोबार रकम भने घटेको थिएन । तर, आज नेप्से बढ्दा पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । हिजो ८ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ६९ करोड मात्रै भएको छ ।

पुँजी बजार विश्लेषकरूप भन्छन् ‘राष्ट्र बैंकको पछिल्लो ब्याजदर निर्देशनले सकारात्मक लयमा पुर्यायो भने संसद अधिवेशन आह्वानले सरकारको भविश्य र आगामी सरकारको सुनिश्चितता नभएपछि लगानीकर्ता हच्किए ।’ एकजना सेयर ब्रोकर भन्छन् ‘कारोबार रकम घट्यो भन्ने बितिक्कै सेयर कारोबारमा लगानीकर्ताले चासो दिएनन् भनेर बुझे हुन्छ ।’

आज सबैभन्दा धेरै सेयर कारोबार नेपाल इन्फ्राइन्स्ट्रक्चर बैंक, ग्लोबल बैंक र शिखर इन्स्योरेन्सको भएको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्य विगत केही दिनझैँ आज पनि झण्डै १० प्रतिशतले बढेको छ ।

टिप्पणीहरू