डरलाग्दो तरिकाले घट्यो नेप्से

डरलाग्दो तरिकाले घट्यो नेप्से

साताको पहिलो दिन नै सेयरबजारमा ओरालो शुरु भएको छ । बजार खुलेपछि निरन्तर घटेको नेप्से आज बन्द हुने बेलासम्म ओरालो लागेको हो । आज नेप्से अप्रत्याशित रूपमा झण्डै ८० अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से २ हजार ४ सय ७४ दशमलब ३९ अंकमा आइपुग्यो । जबकी बिहीबार उक्त अंक २ हजार ५ सय ५४ मा रोकिएको थियो ।

आज जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त समूह तथा उत्पादन तथा प्रशोधनमूलक समूह सबैको सूचक निकै घटेको छ । बैंकिङ समूह पनि अधिक ५५ अंकले घटेपछि समग्र सेयर बजार ओरालो लागेको हो । अधिकांश कम्पनीको सेयर मूल्य घटेपनि चन्द्रागिरी हिल्सको भने झण्डै १० प्रतिशतले बढेको छ । शिखर इन्स्योरेन्स, साल्ट ट्रेडिङ, एनएलजी इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सलगायत केही कम्पनीको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।

गत बिहीबार ६ अर्ब रूपैयाँमा खुम्चिएको कारोबार आजको कुल कारोबारमा सकारात्मक प्रवृत्ति देखिएको छ । आज गत साताको अन्तिम दिनमा भन्दा २ अर्ब बढीले ८ अर्ब ३५ करोड रूपैयाँको सेयर किनबेच भयो । त्यसमध्ये शिखर, निफ्रा र ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी कारोबार भएको छ ।

टिप्पणीहरू