सशस्त्र प्रहरीका दुई जना अख्तियारको फन्दामा

सशस्त्र प्रहरीका दुई जना अख्तियारको फन्दामा

बुटवल, १३ फागुन । रुपन्देहीका फर्निचर ब्यवसायीसँग घुस रकम लिदै गर्दा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सशस्त्र प्रहरी निरीक्षक सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा गापा -३ लोण्डिहवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले काठ ब्यबसायीबाट फर्निचर उद्योगलाई काठ जम्मा गर्न सहजिकरण गराइदिने पचास हजार घुस रकम लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिइएको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

उनीहरुलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताएका छन् ।

टिप्पणीहरू