प्रहरीलाई सामाजिक सञ्जालमा प्रतिवन्ध

प्रहरीलाई सामाजिक सञ्जालमा प्रतिवन्ध

प्रहरी कर्मचारीले आफूखुशी सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले संगठनको हित विपरित सामाजिक सञ्जाल प्रयोग नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको हो ।

मातहतका कार्यालयलाई सर्कुलर जारी गर्दै प्रहरीले संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा सामाग्री शेयर नगर्न कर्मचारीहरुलाई सचेत गराएको छ । सर्कुलरमा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश, २०७७ बिपरीत हुने गरी फेसबुक, ट्वीटर, यूट्युबलगायतमा संगठनसंग सम्बन्धित सामाग्री शेयर नगर्न भनिएको छ ।

‘प्रहरी संगठनको छवि/क्रियाकलापमा नकारात्मक प्रभाव पार्ने खालका सामाग्रीहरू फेसबुक, ट्वीटर, यूट्युब, टिकटक लगायतमा पोष्ट,शेयर, ट्याग, कमेन्ट,लिङ्क शेयरिङ,ट्वीट तथा रि-ट्वीट नगर्नु हुन अनुरोध छ’, सर्कुलरमा भनिएको छ ।

प्रहरीले सुपरीवेक्षण तहमा रहेका अधिकृतहरूलाई त्यसको अनुगमन तथा निर्देशनको जिम्मा दिएको छ ।

टिप्पणीहरू