विदेशमा रहेका नेपालीले स्वागत गरे सर्वोच्चको फैसला

विदेशमा रहेका नेपालीले स्वागत गरे सर्वोच्चको फैसला

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटनलाई पुनःस्थापना गर्ने फैसला गरेपछि प्रवासी नेपाली एकता मञ्च जापानले स्वागत गरेको छ ।

मञ्चका अध्यक्ष हवलचन्द्र लामा र सचिव शालिकराम भण्डारीद्वारा जारी विज्ञप्तिमा ऐतिहासिक फैसलाले न्यायप्रेमी जनतालाई विजयी गराएकोमा प्रधानन्यायाधीश राणा र संवैधानिक इजलासलाई धन्यवाद ज्ञापन गरिएको छ ।

मञ्चले भनेको छ ‘प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम चाल्ने धृष्टताको पराजय भएको र अदालतको फैसलाले आगमी दिनमा त्यस्तो दुस्साहस प्रवृतिलाई निरुत्साहित पार्न गतिलो पाठ सिकाएको छ ।’

प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिएर एकताको अन्तिम संघारमा पुगेको पार्टीलाई पुनः एकताबद्ध तुल्यानेतर्फ मार्ग प्रशस्त गर्न समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

टिप्पणीहरू