डा. गोविन्द केसीको सत्याग्रह रोकियो ।

डा. गोविन्द केसीको सत्याग्रह रोकियो ।

प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेसंगै ड़ा गोबिन्द केसीले शुरु गर्न लागेको सत्याग्रह स्थगित गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध लगातार आन्दोलन गर्दै आएका केसीले फागुन १२ गतेदेखि माईतिघर मण्डलामा सत्याग्रह शुरु गर्न लागेका थिए । मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि उनले सत्याग्रह स्थगित गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा परामर्श विना राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध स्वतन्त्र नागरिक र विवेकशील साझा पार्टीको संयुक्त आयोजनामा डा. केसीले सत्याग्रहको तयारी गरेका थिए ।

हिजो सर्वाेच्च अदालतले प्रधानमन्त्रीको कदमलाई बदर गरेपछि डा. केसीले पत्रकार सम्मेलनमार्फत तत्कालको लागि सत्याग्रह स्थगित गर्ने जानकारी दिएका हुन् ।

डा. केसीले प्रधानमन्त्रीले राज्य कव्जा गर्न नग्न रुप देखाएको र संवैधानिक निकायमा गलत तरिकाले नियुक्ति गरेकोप्रति खेद ब्यक्त पनि गरेका छन् ।

सत्याग्रह स्थगित गरिएको बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा विवेकशिल साझा पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्की र विजयबावु शिवाकोटीको समेत उपस्थित रहेको थियो ।

टिप्पणीहरू