‘म छैन र तपाईंहरूले चिन्ता लिनलाई ?’ : प्रधानमन्त्री ओली « janaaastha.com
१८ फाल्गुन २०७७, मंगलवार

‘म छैन र तपाईंहरूले चिन्ता लिनलाई ?’ : प्रधानमन्त्री ओली



सर्वोच्च अदालतले आफूले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिशलाई उल्टाइदिएपछि साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका मन्त्रीहरूलाई ढाडस दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बितेको छु र चिन्ता गर्नुहुन्छ ?’ भन्नुभएको छ । मलिन अनुहारमा प्रस्तुत भएका मन्त्रीहरूको मनोबल बढाउँदै हौसला दिन उहाँले सबैले सुन्ने गरी त्यहिँबाट शेरबहादुर देउवासँग एकछिन कुराकानीसमेत गर्नुभएको स्रोतले बताएको छ ।

७० औं जन्मदिन मनाउँदा मनाउँदै प्रधानमन्त्रीको मोबाइलमा प्रतिनिधिसभा पुनर्स्थापनाको खबर आएपछि..

बूढानीलकण्ठबाट देउवाले आफू प्रधानमन्त्री बन्ने अवस्थामा मात्रै अरुलाई सहयोग गर्न सकिने आशय पटकपटक प्रकट गरिरहेको पृष्ठभूमिमा यता मन्त्रीहरूलाई ढुक्क रहन आश्वासन दिइएको थियो । अदालतको फैसलापछि अब सबैभन्दा पहिले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान हुनेछ । त्यहि क्रममा पुस ५ गते दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको अविश्वास प्रस्तावमाथि छलफल र मतदान हुनेछ । त्यसभन्दा अगाडि नै बस्ने नेकपा सँसदीय दलको बैठकले ओलीलाई नेताबाट हटाउने छ । पार्टी बिभाजन हुन केन्द्रीय कमिटी र सँसदीय दल दुबैतिर ४०% को साथ मिल्नुपर्ने हुन्छ । पार्टीमा ओली स्पष्ट अल्पमतमा हुनुहुन्छ भने दलमा पनि संख्या पुर्याउन नसक्दा बिभाजनले मान्यता पाउन सक्दैन । यसकारण अब साँसदहरुको तानातान र काङ्ग्रेस फकाउ अभियान शुरु हुने पक्का छ ।

त्यसपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रधानमन्त्री निकट समूह भने अहिलेको सरकारमा काँग्रेसलाई मिसाउने गरी छलफल अघि बढाउने दाउमा देखिन्छ । तर, देउवालाई यही अवस्थामा ओली खेमाको समर्थन लिएर प्रधानमन्त्री बन्न त्यति सहज छैन ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सरकारसंग वार्ता गर्न काठमाडौँ छिरे प्रकाण्ड
विप्लव मनाउने जिम्मा बादललाई
विप्लवसँग बादलको वार्ता
सगरमाथा साहित्य प्रतिष्ठानले पायो पूर्णता