प्रधानमन्त्रीको बर्थ डेमा सर्वोच्चको झट्का « janaaastha.com
१८ फाल्गुन २०७७, मंगलवार

प्रधानमन्त्रीको बर्थ डेमा सर्वोच्चको झट्का



प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो ७० औं जन्मोत्सव मनाइरहँदा रामशाहपथस्थित सर्वोच्च अदालतले जीवनकै सर्वाधिक ठूलो झट्का दिएको छ ।

असंंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटनको सिफारिशलाई सर्वोच्चका प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशले उल्टाउने निर्णय सुनाउँदा प्रधानमन्त्री ओली बालुवाटारमा श्रीमती राधिका शाक्यद्वारा लिखित पुस्तक विमोचन गरिरहनुभएको थियो ।

बालुवाटारमा आयोजित कार्यक्रमस्थलको मञ्चमा रहेकै अवस्थामा उहाँको कानमा सर्वोच्चले संसद पुनर्स्थापना गर्ने निर्णय गरेको म्यासेज पुगेको थियो । शाक्यका मेरा अनुभूतिहरू नामक पुस्तक ओलीको जन्मोत्सवको उपलक्ष्यमा साँझ विमोचन गरिएको हो ।

उता,ऊर्जामन्त्री टोपबहादुर रायमाझीले सर्वोच्चको आदेश आउनु केही बेरअघि युवा संघको कार्यक्रममा बोल्दै आकाश खसे वा पृथ्वी भासिएमा मात्र संसद पुनर्स्थापना हुने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कसैका कथा सुन्दा कति कहालिलाग्दा
पशुपतिमा कि राष्ट्र बैंकमा पहिले ‘क्युआर कोड’ बाट दक्षिणा ?
सरकारसंग वार्ता गर्न काठमाडौँ छिरे प्रकाण्ड
विप्लव मनाउने जिम्मा बादललाई