दमौली ब्यारेकमा आत्महत्या प्रयास

नेपाली सेनाको दमौली ब्यारेकमा कार्यरत एकजनाले आत्महत्याको प्रयास गरेपछि तत्काल उद्धार गरिएको छ ।
नाम र दर्जा नखुलाइएका एकजना सैनिकले आफैँलाई ताकेर गोली प्रहार गरी हिजो आत्महत्याको प्रयास गरेका हुन् । घाइते सैनिकलाई तत्काल पोखरा, फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो ।
स्रोतका अनुसार प्रारम्भिक उपचारपछि फोक्सोमा केही समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।