एकातिर वार्ता, अर्कोतिर बढ्ता « janaaastha.com
१३ फाल्गुन २०७७, बिहीबार

एकातिर वार्ता, अर्कोतिर बढ्ता



प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक सार्वजनिक कार्यक्रममा विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले तयारी अगाडि बढाएको बताउनुभयो । प्रधानमन्त्रीले भाषण गरेको ठीक एक दिनअघि शनिबार विप्लव समूहले पनि सरकारसँग वार्ता र संवादका लागि तयार रहेको विज्ञप्ति निकालेको थियो ।

आज (सोमबार) सरकार र विप्लव दुवै पक्षले वार्ता समिति सार्वजनिक गर्ने बताइएको थियो । तर, चर्चा गरेझैँ वार्ता समिति सार्वजनिक भएन, बरु विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न अदालतले दिएको आदेश विपरित पुनः पक्राउ गरिएको छ ।
बास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले फेरि समातेको हो । बास्तोलाको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशलगत्तै प्रहरीले उनलाई फेरि पक्राउ गरेको छ ।

बास्तोला पुस २९ गते ललितपुरको दक्षिणी भेगबाट पक्राउ परेका थिए । उनलाई थुनामा राखेर म्याद थप गर्दै आएकोमा सर्वोच्चले विनाआधार र कारण थुनामा राखिएको भन्दै असन्तुष्टिसमेत जनाएको छ ।

आफ्नै सरकारले प्रतिबन्ध लगाएको समूहप्रति प्रधानमन्त्री ओलीको एकाएक लगाव किन बढ्यो होला ? पार्टी फुटेपछि रक्षात्मक बन्नुभएका ओलीको राजावादीदेखि विप्लवसम्म झुकाव बढ्नुको कारणचाँहि प्रचण्ड–नेपालप्रतिको प्रतिशोध रहेको बताइन्छ । वार्ताका नाममा विप्लव समूहप्रति सहानुभूति देखाएजस्तो गर्ने र प्रचण्ड–नेपाल समूहमाथि दबाब बढाउने प्रधानमन्त्री ओलीको रणनीति यसै बुझ्न सकिन्छ । आइतबारको भाषणमा पनि उहाँले विप्लव वार्तामा आउलान् कि भनेर कतिपयलाई चिन्ता बढेको भन्दै प्रचण्ड–नेपालतिरै संकेत गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राजदूतहरुको दौडादौड शुरू
फेरि वामदेवको दौडधुप शुरू: हिजो बिचौलिया भट्टसङ्ग, आज प्रचण्डसङ्ग
विदेशमा रहेका नेपालीले स्वागत गरे सर्वोच्चको फैसला
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज