सेनामा चाहिँ काट्न नपर्ने ?

सेनामा चाहिँ काट्न नपर्ने ?

नेपाल सरकारले भर्खरै भिआइइपी, गृह मन्त्रालयअन्तर्गत प्रथम श्रेणीका अधिकारी, एवं नेपाल प्रहरी र सशस्त्रका डिआइजीदेखि माथिका अधिकारीहरूको सहयोगी, गाडी, ड्राइभर तथा अर्दली जवानको दरबन्दीलाई व्यापक कटौती गरेको व्यहोरा प्रशंसनीय छ ।

सेनाको हकमा समेत यो नियम कार्यान्वयन हुनुपर्छ । जर्नेल, सेनापतिका आसेपासे र भरौटे एवं श्रीमती संघकाहरूको घरमा त कति छन् कति यस्ता सिपाही ! पूर्व एकतारे जर्नेलका लागि १ जना सिपाही, २ तारेको लागि २ जना र ३ तारेको लागि ३ जना, सेनापतिको लागि मनलाग्दी सैनिक खटिने गरेको छ । भूपू २ तारे र सोभन्दा माथिकाका लागि ड्राइभरसहित मासिक ६० लिटर पेट्रोलको समेत व्यवस्था गरिएको छ ।

अन्य सुरक्षा निकायमा जस्तै बहालवाला प्रधानसेनापतिलाई १ प्लाटुन (३९ जना), पूर्वसेनापतिलाई ४ जना र पूर्व एकतारे जर्नेलदेखि ३ तारेका लागि १–१ जना मात्र सहयोगी दिने व्यवस्था भएमा सरकारी स्रोत साधनको उचित प्रयोग हुने देखिन्छ । पूर्व २ तारेदेखि ३ तारे जर्नेलका लागि मासिक प्रदान गरेको पेट्रोल र ड्राइभरसमेत कटाउनुपर्छ । कुनै पनि सेनामा नभएको अभ्यास नेपाली सेनामा भइरहेको छ । पूर्व जर्नेलहरूलाई १ जना सहयोगी दिने व्यवस्था भारतीय, पाकिस्तानी, श्रीलंका र बंगलादेशी सेनामा पनि प्रचलित छ । तर, त्यहाँ ड्राइभरसहित पेट्रोलको चलन छैन । पूर्व जर्नेलहरूमाथि हुन सक्ने सुरक्षा खतरालाई ध्यानमा राखी सिपाही दरबन्दी घटबढ गर्न पनि सकिन्छ । यसबारे सोचविचार गरोस् ।

– जंगी अड्डामा कार्यरत तल्लो दर्जाका सैनिक

टिप्पणीहरू